Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Tuesday, December 26, 2017

जुँगाको लडाईं



राम शरण महर्जन










जुँगाको लडाईंमा
पिल्सिएको मेरो देश
भरोसायोग्य सपना देख्न
सपनै मात्र देख्न विवस भएका छन्
जुँगे पण्डितहरु
बाग्मती झैं गन्हाएका छन्
गाउँबस्तीका सपनाहरु
 आप्mना स्वार्थमा
भागबण्डामा सिध्याएका छन्
दुःखमा सुख खोज्दै
भत्किएका छन्
आस्था र विश्वास
संघर्षका चिहानबाट
शहिदका आत्माहरु रोएका सुनिन्छन्
गाउँबस्तीका पीडाका चित्कारहरु सुनिन्छन्
दुई किनारा झैं बाँचेका अहम्हरु
हामी बगि दिनु पर्ने रे पानी भई सिंच्दै
किनारालाई मेट्न सुकी दिनु पर्ने रे बगर झैं ।

२०७४।९।१२

Monday, December 4, 2017

नेताका आश्वासन



चुनावी बेला
बर्सिन्छ आश्वासन 
भोको पेट भरिन्न
बजार भाउ
बिचौलिया हातमा
पिल्सिने त जनता
भोटको मूल्य
नेताको ढोग भेट 
बिक्छ त सपनामै 
पदकै लागि
मागिखान्छ भोट नि
जोड्छ नेता पुस्तैनी
मत बिमत
नेता बन्छ मतले
दुुःखी हामी मतैले । 


२०७४।८।१४


सपनाको बाटोमा

दल बदल्ने
होडबाजी छ यहाँ
सपनाको बाटोमा
घोषणा पत्र
रंगले पोतिएकोे
गनगने भाकामा
फुक्का साँढे भैैंm
देश दुनिया लुट्दै
स्वतन्त्रता भोग्छ जो
ए.., संबिधान !
उस्कै तजबिज रे
औंलो को देखाउँने ?
कानून ठोक्ने
परिबन्दमा पार्ने
सेतो नि कालो गर्ने
वाचा कसम
बुईं चढ्ने बाटो रे
जनता बलि चढ्ने
तातो रगत
शहिदको रगत
मूल्य, मान्यता फेर्ने ।
२०७४।८।१३

Thursday, November 9, 2017

निर्वाचनका पात्रहरु





निर्वाचनका पात्रहरु

जुँगाको लडाईमा नयां डेरा खोज्नेहरु
कुकृति र विकृतिमा जलप लगाउँदै
आउँदै छ हावादारी घोषणापत्र बोक्दै
 गठबन्धन गर्दै भोज पत्र, नोट पत्र बांड्दै
जीवनसित मिल्छ, मिल्दैन् हेर्नु, बुझ्नु ।

गाउँबस्तीका भित्ताहरु फोहर गर्नेहरु
दोबाटा र चोकहरु ध्वनी प्रदुषित गर्नेहरु
जनताको निद्रा बिगार्ने मत चोरहरु
साइनो गांस्दै देउता मान्दै सुतुक्क छिर्लान्
चिन्नु र झापड लाउनु समय छंदै ।

ठाउँमा हुंदा समय छंदा डुलि, सुति खानेहरु
चुनावको मेलामा कति बोल्छन् निकृष्ट बोलीहरु
मान्छे उही जात फाल्छन् नोट लिन्छन् खान जन्मेकाहरु
मन्त्रमा नाच्ने, तन्त्रको धोती लाउने, मत बेच्नेहरु
देश दुखे नि जनता रोए नि भुल्छन् सबै झण्डा बोक्नेहरु ।

२०७४।७।२२

निर्वाचन आयो


                                                                                                     
     

                                                            –राम शरण महर्जन
                                                                 कीर्तिपुर ।
त्यो मान्छे, यो मान्छे नि
चिन्ने चिन्ने जस्तो अनुहार छ
चिन्नै नसक्ने भैकन आएको छ
हिजो
हिड्ने बाटो प्रष्ट थियो
विचार कति घतलाग्दो थियो
अनुहार हेरुं हेरुं जस्तो लाग्थ्यो
समय फेरिएको छ
मान्छे चिन्नै गाह्रो भएको छ
मुखै जोडेर कुरा गर्न आए नि
सबै संम्बन्धको दुहाई दिए नि
आफ्नोपन रित्तिएको छ
आदर र श्रद्धा भत्किएको छ
चोक, गल्ली, घरघरमा धाउंदै
नयां नयां चिन्ह परिचय दिदै
स्खलित हुंदै आफ्नै आस्था र विश्वासमा
पद र सुविधामा बेपत्ता हुनेहरु
आस्था र विश्वासको मत माग्न आएको छ
विपत्ति र कठिनाईको छानामुनि सुताउँदै
हाम्रै मतले हामीलाई सताउंन
आफ्नै सपना बांड्न आएको छ
चनाखो हुनु पर्छ अब जनता
बिगतलाई सराप्दै भविष्य बिगार्न
बर्तमानमा चिप्लिंनु हुन्न
भविष्यमा यातना खप्न सकार्न
लाचार र निर्धो बन्नु हुन्न
आस्था बदलिएको छ
चोर बाटो समाएको छ
आत्मा बन्धकी राखेको छ
सपना पदमा साटेको छ
त्यसैले अब
देश र जनताको लागि मरिमेट्नेहरु
मत दिनु पर्छ अकाट्य विचार र विश्वासिलो पात्र परखदै
सपना जीवनसित जोडिनु पर्छ
आत्मा बेच्ने खहरे नेताहरु चिन्नु पर्छ
मतको तरवार झुण्ड्याउँनु पर्छ ।
२०७४।७।२१

Monday, September 11, 2017

प्रगतीको गीत

–राम शरण महर्जन
 कीर्तिपुर
शर्तको लागि बिना शर्त
असहमतिको लागि सहमति
माकुराको बच्चाले खान्छ माउ
देशका नेताले खान्छ नयां पुस्ता
प्रगतीको गीत गाउँदै ।

पाटी बनाउंछ पार्टी चलाउन
मुकुण्डो लाउंछ जनता झुक्याउन
लीसो झैं टाँसिन्छ कुर्सीमा नेता,
सपनामा पौडिने त जनता
प्रगतीको गीत गाउँदै ।

कुरा लाउंदै बनेका परजिवी नेतृत्व
मन पर्दैन भन्न नपाउंने चुनावी मतपत्र
आत्मा बन्धकी राखी फहराउंछ विचारका झण्डा
आस्था र विश्वासमा बांच्नु पर्ने मात्र हामी जनता
प्रगतीको गीत गाउंदै ।

कुकुरको पुच्छर सोझ्याउंने खेल खेल्छ बच्चा
जीवनको आनन्द लुट्ने त्यही हुन्छ कुकुर
छेउ टुप्पो नभेटने काममा रम्दछ मान्छे
समयलाई सराप्दै चित्तामा पुग्दा रुन्छ मान्छे
पछुतोको गीत गाउंदै ।

२०७४।५।२२

Wednesday, September 6, 2017

जीवनको मज्जा


जीवनको मज्जा

–राम शरण महर्जन
 कीर्तिपुर ।

नियम बनाउ र तोडी देउ
तोड्ने बहादुर, लत्रिने त कायर
सपना देखाउ र बिर्सी देउ
बिर्सने अगुवा, आशावादी जनता
वचन लाउनु र अंगालो मार्नु
अघि बढ्ने काइदा, मनमा लिने निर्धा
काममा लगाउ र छोडी देउ
काम छल्ने ठूलो, काममा मर्ने ज्यामी
पसिना बगाउ र धरती सिंच
परिश्रम लुट्ने बुद्धिजिवी, धरती सिंचने स्वाभिमानी
वाचा बांध र पुरा गर
प्रेरणादायी जीवन, आंखामा नबिझ्ने मानिस
आंखा लगाउ र परख गर
आफैभित्र झाँक, जीवनको गर्व गर ।
२०७४।५।२१

Friday, September 1, 2017

हुने त यही हो


हुने त यही हो

नयां नयां पार्टी खुले
नयां घर जोडे झैं
नेता सबै पुरानै
कुरा मात्रै फेरिए
नयां नयां संविधान बने
सांसद, मन्त्री पुरानै बने
दायां बायां गर्दा नि हुने
संसद कार्यालय खाली गर्ने
नियम कानून जनतालाई
दण्ड सजाय कर्मचारीलाई
भुकम्प र बाढी पहिरोको चोट
बल्झीरैछ सधैं आलो घाउ झैं ।
२०७४।५।१६