Friday, January 23, 2015

देशले नेपाली सपूत खोज्दैछन
.......*************...............
नेपाली बाँदरहरू
पश्चिमी हावामा रमाउने
दक्षिणी हावामा रमाउने
मनसुनी हावामा बहुलाउने
जनतामा उपद्रो मच्चाउने
अनिकालमा जन्मिएका
'माक:फुई' देखाउन पालिएका
जीवनका यी गलगाँडहरू
नेपाली बाँदरहरू
देश रत्छ्न छिया-छिया पार्छन
जनता जप्छन ल्यापा दिन्छन
वाचा गर्छन मुटुमा झीर रोप्छन
जीवन हर्छ्न शहिदको अपमान गर्छन
काटो खान जन्म्या यी बाँदरहरू
सात पुस्ता पिर्छन
बिचरा औठे छाप बाँदरहरू
पालो पर्खिंदै आतिएका छन
बुढा बाँदरहरू पालो मिच्दै मार्दैछन
जनता नियति भोग्दैछन
देशले नेपाली सपूत खोज्दैछन |
***राम शरण महर्जन
२०७१/१०/९

Wednesday, January 14, 2015


उसैको कुरा
********


शव्द प्रहार
बल्झिरहने घाउ
उसकै याद ||

बोली वचन
लठ्ठाउने मिठास
उसैको कुरा ||

पिडाको स्वर
बिर्सुं बिर्सिनसक्ने
उसैको चिनो ||

आफ्नोपन त
आफ्नो भन्नु मात्रै हो
उसको लागि ||

हांसखेल त्यो
समयको पीडा यो
हाम्रो मित्रता ||

अह्मको तक्मा
आज जीवनशैली
नयाँ चिनारी ||

उसको बाटो
हराउछ आफैमा
सदा झैँ आज  |७|

Friday, January 9, 2015


तिमी मन पर्छ
**********

फूल मन पर्छ
जीवन मन पर्छ
मन पर्छ तिमी पनि
तिमीले नदेखेर के भो र ?
आफ्नै धर्ती आकाश छ
हावाको बहाव रोकिन्न
नदीको प्रवाह थामिन्न
प्रगतिको उज्यालो छर्दै
जीवनको सुवास छर्दै
पवित्र यात्रामा छु म
तिम्रो चिन्तनको आकाशभन्दा माथि-माथि
तिम्रो अह्मको धर्ती नाघेर
सानो मुटुको तिम्रो आँखाले
नदेखेर के भो र ?
त्यसैले त मलाई
सुवासित फूल मन पर्छ
सुन्दर जीवन मन पर्छ
प्रकृति मन पर्छ
तिम्रो जीवन पनि मन पर्छ
किनकी
तिमी नै त हो मेरो प्रेरणा |
२०७१/९/२५