Tuesday, December 26, 2017

जुँगाको लडाईं



राम शरण महर्जन










जुँगाको लडाईंमा
पिल्सिएको मेरो देश
भरोसायोग्य सपना देख्न
सपनै मात्र देख्न विवस भएका छन्
जुँगे पण्डितहरु
बाग्मती झैं गन्हाएका छन्
गाउँबस्तीका सपनाहरु
 आप्mना स्वार्थमा
भागबण्डामा सिध्याएका छन्
दुःखमा सुख खोज्दै
भत्किएका छन्
आस्था र विश्वास
संघर्षका चिहानबाट
शहिदका आत्माहरु रोएका सुनिन्छन्
गाउँबस्तीका पीडाका चित्कारहरु सुनिन्छन्
दुई किनारा झैं बाँचेका अहम्हरु
हामी बगि दिनु पर्ने रे पानी भई सिंच्दै
किनारालाई मेट्न सुकी दिनु पर्ने रे बगर झैं ।

२०७४।९।१२

No comments:

Post a Comment