Wednesday, January 24, 2018

प्रथाः एक अपराध



जुग भैंm बित्छ
मासिक चक्र त्यो
एक्लो जीवन
नारीको त्यो सौन्दर्य
छाउगोठमा कैद ।

घाम लागेन
पीडा छाउगोठमा
निर्दयी मान्छे
समाज, परिवार
नारी पिर्ने कुचक्र ।

मनै छ मैलो
तन सफाइ माग्ने
आस्थै छ बाधा
फेरिन्छ समय त
खुल्छ चेत कैले हो ?

त्यो छाउपडी
अछुत त्यो संस्कार
घरै निरीह
नारी हुनुको गर्व
छाउ बार्नु पवित्र ।

यौवनको श्राप
खुलेन छाउगोठ
दूर भो शिक्षा
बोझ भो समाज यो
उठ नारी, अति भो !

छोरी लाश भो !
साथ छुट्दा घरको
कर्म अधर्म
बिर्सिगो बाआमाले
समाज त अन्धो भो !

२०७४।१०।५

Saturday, January 20, 2018

घाउको पीडा







मुटुको काँडा
मौनताको त्यो पासो
आफ्नै ठान्नु कसरी ?
घाउको पीडा
मर्न दिंदो रै’ नछ
सम्झना बल्झिर’ ने ।
२०७४।१०।७

Tuesday, January 2, 2018

जीवनको चमक


लघु कथाः

अस्थिर देशमा फुटपाथे पसल झैं छ सरकार । विकास केहि दर्जन थान नेताहरुको मात्र भएका छन्– मन्त्रि पड्काएर, जनता उल्लु बनाएर । सडक, ढल र विद्युत जन्मजातैका शत्रुता पालेर बँंचिरहेका छन् । विकास बजेट असारे भेलमा बगाएर गाईजात्रा देखाउन पल्केका छन् । जनता पीचमै खोला तर्दछन्, खाल्डाखुल्डीमै ठोकिएर लड्छ्न, नालीमै बगेर मर्दछन् ।

गोहीको आंशु चुहाउंदै एक जना मन्त्रिले हुकुम गर्दछन् –“पन्ध्र दिनमा सबै खाल्डाखुल्डीहरु पुर्नु ।”

गणतन्त्र आएको देशमा कर्मचारीहरु, ठेकेदारहरु गनगन गर्दै मन्त्रिको हुकुम धोती लगाई दिन्छन् । ‘चार दिनका मन्त्रिले भनेर हुन्छ ? काम गर्नका समस्याहरु के छ बुझ्नुसझ्नु छैन् ।’

‘देखाउना खातिर गरेको जस्तो काम गर्दछन् । फेरि उही जुम्से लम्पसार कामधन्दा । फोटो झुण्ड्याउंन मन्त्रिखाका नेताहरुमा टालटुले दिमागको पौरख सिवाय दुरगामी जनमुखी विकासयुक्त दूरदृष्टीको आशा गर्नु पनि बेकारको कुरा नै त हो ।’
मनमा गाठो पारेर जनता अर्को चुनावमा मात्रै उठनु पर्ला भनी मस्त निदाउंछ ।

२०७४।४।१२
राम शरण महर्जन

कीर्तिपुर, काठमाडौं ।

सम्मानकाे पीडा



नयां बर्ष झैं
तरंगित त्यो पल
         पुरानो बन्छ ।       

बिरानो बन्छ
संम्मानका ती चिन्ह
मृत्यु शैय्यामा ।

पसिना बग्छ
बालुवामा पानी झैं
   कस्तो यो चाल्नी ?

आशाको त्यान्द्रों
जेलिन्छ आशंकामा
दुःख तनले ।

आस्थाको तक्मा
ठगिएको त्यो मान्छे
पीडामा बाँच्छ ।

तिम्रो भरोसा
त्यो नसा सपनाको
पीडामा आज ।

२०७४।९।१७