Monday, February 26, 2018

छाउको यात्रा


अनिष्ट भारी
महिलाको  भागमा
मृत्युको चक्र
छाउपडी गोठमा
अँध्यारो समाजमा ।

पीडामा नारी
 कानून किताबैमा
छाउको यात्रा
गाउँबस्तीहरुमा
स्वीकार्छ समाजैले ।

नझोसी आगो
सुरक्षाको भ्रममा
छाउमा रम्दै
सुति बस्छ चित्तैमा
बिहानीको आशैमा ।
२०७४।११।१३

Wednesday, February 21, 2018

इन्काउन्टर



मृत्युको खेल

खेल्छ इन्काउन्टर

बाँच्ने आशामा 

२०७४।११।१०


Thursday, February 1, 2018

रक्तको दीयो


शहिद बिक्छ
टुक्रिन्छ त सपना
झण्डा ओढाई ।

रक्तको दीयो
बलिदानमा उठ्छ

गाउँबस्तीमा ।
२०७४।१०।७

शहिदको ब्यापार



बाँचेर हेर
मरेर जानेहरु
बलिदानको मूल्य
सिफारिसमा
शहिदको ब्यापार
कस्तो यो सम्मान ।

२०७४।१०।१८

शहिद दिवस


शहिदहरु !
ब्यूँतिएर त हेर
सपनाहरु
बलिदानको मूल्य
अनुदानमा बिक्छ ।

पूmलगुच्छा भो !
तस्बिरमा शहिद
बिदैमा बित्छ
कुिल्चएर सपना
कति बाँच्छौं भ्रममा ।

श्राध्द भैंm भयो
शहिद दिवस यो
पोल्दैन आत्मा
शहिदको यादमा
बाटो बिराएपछि ।

खै, अनूभूति
टाँसि बस्दा कुर्सीमै
बिर्सी सपथ
खेती गर्दा शहिदको
कति गर्व हुदों हो !

प्राणै अर्पिए
अँध्यारोको विरुद्ध
शहिदको सूची
थरी थरी मानक
खेलाँची भो सपना ।
२०७४।१०।१८