Wednesday, March 25, 2015


साइनो
*****
दुई दिनको जिन्दगी
होइन रहेछ आफ्नो मात्र
सुखमा मात्र आफ्नोपन
दु:खमा त कोहि न कोहि
भन्छन नाता ठुलो रगतको
धोखा मिल्छ जहाँ आफन्तको
हर श्वासमा हर पाइलामा
फैलिन्छ दुर्गन्ध रगतकै
कुरा गरे नाक कटिने
सहेर बसे निस्सासिने
कुराको चोट मुढाको चोट
छुटिन्न रहेछ आफन्तको
जब सोचिन्छ भलो मात्र आफ्नो
ठुलै रहेछ मनको कुरो
आफ्नो पराई छुट्ट्याउने
रगतैले आफ्नो हुँदो रैन्छ
विचारैले बन्दो रैछ सबै आफ्नो
भन्नु मात्र रैछ विचारै पनि
शान्ति खोज्दा अशान्ति मिल्ने
नाता संबन्ध सब भुलाइदिने
राम्रो सोचे राम्रै मिल्ने
नराम्रो सोचे नराम्रै देखिने
जीवनको रीत रैछ यहि नै
घाम जून रहे सम्म
हासी खुशी बाँच्नु पर्ने इ
२०७१/१२/११





Monday, March 2, 2015


आफ्नाहरू छुट्टिगो
**************

कसरी बिर्सूं म  याद आउछ त्यसै त्यसै 
कसरी भुलूं म  सताउछौ त्यसै त्यसै |

सोचेकै थिइन् मैले धोका दिन्छौ भन्ने 
पिडा दिई रमाउने चिन्नै सकिन मैले |

मीठो बोलि जीवन लुट्ने  भेद जानिन 
नाता तोड्दै जाल हान्ने बगरे चिनिन |

दुई दिनको जिन्दगी यो दौडधुपमै बितिगो 
साँचो-झुठ्ठो केलाउदैमा आफ्नाहरू छुट्टिगो |

२०७१/११/१८