Thursday, November 9, 2017

निर्वाचनका पात्रहरु





निर्वाचनका पात्रहरु

जुँगाको लडाईमा नयां डेरा खोज्नेहरु
कुकृति र विकृतिमा जलप लगाउँदै
आउँदै छ हावादारी घोषणापत्र बोक्दै
 गठबन्धन गर्दै भोज पत्र, नोट पत्र बांड्दै
जीवनसित मिल्छ, मिल्दैन् हेर्नु, बुझ्नु ।

गाउँबस्तीका भित्ताहरु फोहर गर्नेहरु
दोबाटा र चोकहरु ध्वनी प्रदुषित गर्नेहरु
जनताको निद्रा बिगार्ने मत चोरहरु
साइनो गांस्दै देउता मान्दै सुतुक्क छिर्लान्
चिन्नु र झापड लाउनु समय छंदै ।

ठाउँमा हुंदा समय छंदा डुलि, सुति खानेहरु
चुनावको मेलामा कति बोल्छन् निकृष्ट बोलीहरु
मान्छे उही जात फाल्छन् नोट लिन्छन् खान जन्मेकाहरु
मन्त्रमा नाच्ने, तन्त्रको धोती लाउने, मत बेच्नेहरु
देश दुखे नि जनता रोए नि भुल्छन् सबै झण्डा बोक्नेहरु ।

२०७४।७।२२






निर्वाचनका पात्रहरु

जुँगाको लडाईमा नयां डेरा खोज्नेहरु
कुकृति र विकृतिमा जलप लगाउँदै
आउँदै छ हावादारी घोषणापत्र बोक्दै
 गठबन्धन गर्दै भोज पत्र, नोट पत्र बांड्दै
जीवनसित मिल्छ, मिल्दैन् हेर्नु, बुझ्नु ।

गाउँबस्तीका भित्ताहरु फोहर गर्नेहरु
दोबाटा र चोकहरु ध्वनी प्रदुषित गर्नेहरु
जनताको निद्रा बिगार्ने मत चोरहरु
साइनो गांस्दै देउता मान्दै सुतुक्क छिर्लान्
चिन्नु र झापड लाउनु समय छंदै ।

ठाउँमा हुंदा समय छंदा डुलि, सुति खानेहरु
चुनावको मेलामा कति बोल्छन् निकृष्ट बोलीहरु
मान्छे उही जात फाल्छन् नोट लिन्छन् खान जन्मेकाहरु
मन्त्रमा नाच्ने, तन्त्रको धोती लाउने, मत बेच्नेहरु
देश दुखे नि जनता रोए नि भुल्छन् सबै झण्डा बोक्नेहरु ।

२०७४।७।२२

निर्वाचन आयो


                                                                                                     
     

                                                            –राम शरण महर्जन
                                                                 कीर्तिपुर ।
त्यो मान्छे, यो मान्छे नि
चिन्ने चिन्ने जस्तो अनुहार छ
चिन्नै नसक्ने भैकन आएको छ
हिजो
हिड्ने बाटो प्रष्ट थियो
विचार कति घतलाग्दो थियो
अनुहार हेरुं हेरुं जस्तो लाग्थ्यो
समय फेरिएको छ
मान्छे चिन्नै गाह्रो भएको छ
मुखै जोडेर कुरा गर्न आए नि
सबै संम्बन्धको दुहाई दिए नि
आफ्नोपन रित्तिएको छ
आदर र श्रद्धा भत्किएको छ
चोक, गल्ली, घरघरमा धाउंदै
नयां नयां चिन्ह परिचय दिदै
स्खलित हुंदै आफ्नै आस्था र विश्वासमा
पद र सुविधामा बेपत्ता हुनेहरु
आस्था र विश्वासको मत माग्न आएको छ
विपत्ति र कठिनाईको छानामुनि सुताउँदै
हाम्रै मतले हामीलाई सताउंन
आफ्नै सपना बांड्न आएको छ
चनाखो हुनु पर्छ अब जनता
बिगतलाई सराप्दै भविष्य बिगार्न
बर्तमानमा चिप्लिंनु हुन्न
भविष्यमा यातना खप्न सकार्न
लाचार र निर्धो बन्नु हुन्न
आस्था बदलिएको छ
चोर बाटो समाएको छ
आत्मा बन्धकी राखेको छ
सपना पदमा साटेको छ
त्यसैले अब
देश र जनताको लागि मरिमेट्नेहरु
मत दिनु पर्छ अकाट्य विचार र विश्वासिलो पात्र परखदै
सपना जीवनसित जोडिनु पर्छ
आत्मा बेच्ने खहरे नेताहरु चिन्नु पर्छ
मतको तरवार झुण्ड्याउँनु पर्छ ।
२०७४।७।२१