Monday, December 4, 2017

सपनाको बाटोमा

दल बदल्ने
होडबाजी छ यहाँ
सपनाको बाटोमा
घोषणा पत्र
रंगले पोतिएकोे
गनगने भाकामा
फुक्का साँढे भैैंm
देश दुनिया लुट्दै
स्वतन्त्रता भोग्छ जो
ए.., संबिधान !
उस्कै तजबिज रे
औंलो को देखाउँने ?
कानून ठोक्ने
परिबन्दमा पार्ने
सेतो नि कालो गर्ने
वाचा कसम
बुईं चढ्ने बाटो रे
जनता बलि चढ्ने
तातो रगत
शहिदको रगत
मूल्य, मान्यता फेर्ने ।
२०७४।८।१३

No comments:

Post a Comment