Monday, September 11, 2017

प्रगतीको गीत

–राम शरण महर्जन
 कीर्तिपुर
शर्तको लागि बिना शर्त
असहमतिको लागि सहमति
माकुराको बच्चाले खान्छ माउ
देशका नेताले खान्छ नयां पुस्ता
प्रगतीको गीत गाउँदै ।

पाटी बनाउंछ पार्टी चलाउन
मुकुण्डो लाउंछ जनता झुक्याउन
लीसो झैं टाँसिन्छ कुर्सीमा नेता,
सपनामा पौडिने त जनता
प्रगतीको गीत गाउँदै ।

कुरा लाउंदै बनेका परजिवी नेतृत्व
मन पर्दैन भन्न नपाउंने चुनावी मतपत्र
आत्मा बन्धकी राखी फहराउंछ विचारका झण्डा
आस्था र विश्वासमा बांच्नु पर्ने मात्र हामी जनता
प्रगतीको गीत गाउंदै ।

कुकुरको पुच्छर सोझ्याउंने खेल खेल्छ बच्चा
जीवनको आनन्द लुट्ने त्यही हुन्छ कुकुर
छेउ टुप्पो नभेटने काममा रम्दछ मान्छे
समयलाई सराप्दै चित्तामा पुग्दा रुन्छ मान्छे
पछुतोको गीत गाउंदै ।

२०७४।५।२२

Wednesday, September 6, 2017

जीवनको मज्जा


जीवनको मज्जा

–राम शरण महर्जन
 कीर्तिपुर ।

नियम बनाउ र तोडी देउ
तोड्ने बहादुर, लत्रिने त कायर
सपना देखाउ र बिर्सी देउ
बिर्सने अगुवा, आशावादी जनता
वचन लाउनु र अंगालो मार्नु
अघि बढ्ने काइदा, मनमा लिने निर्धा
काममा लगाउ र छोडी देउ
काम छल्ने ठूलो, काममा मर्ने ज्यामी
पसिना बगाउ र धरती सिंच
परिश्रम लुट्ने बुद्धिजिवी, धरती सिंचने स्वाभिमानी
वाचा बांध र पुरा गर
प्रेरणादायी जीवन, आंखामा नबिझ्ने मानिस
आंखा लगाउ र परख गर
आफैभित्र झाँक, जीवनको गर्व गर ।
२०७४।५।२१

Friday, September 1, 2017

हुने त यही हो


हुने त यही हो

नयां नयां पार्टी खुले
नयां घर जोडे झैं
नेता सबै पुरानै
कुरा मात्रै फेरिए
नयां नयां संविधान बने
सांसद, मन्त्री पुरानै बने
दायां बायां गर्दा नि हुने
संसद कार्यालय खाली गर्ने
नियम कानून जनतालाई
दण्ड सजाय कर्मचारीलाई
भुकम्प र बाढी पहिरोको चोट
बल्झीरैछ सधैं आलो घाउ झैं ।
२०७४।५।१६