Friday, December 15, 2017

त्यो बोट






माटो मलिलो रहेछ
कोपिला लागेको पत्तै भएन
घामपानीसंगै खेल्दै
अपठ््याराहरुसित जुझ्दै
हलक्क बढेको देख्दा पो आंखा परेछ
हरियाली ओढेर छहारी दिंदै
जीवनको गीत गाउँदै
टाटाढासम्मै आंखा लगाउँने भै सकेछ
बालबच्चाहरुको आँगन
युवाहरुको भेटघाटको थलो
बटुवाहरु, बृद्धहरुको चौतारो पो भै सकेछ
ऋतुहरुसंगै रम्दै
फलहरुले लट्टरम्म झुल्दै
शीतल, मीठो सुगन्ध छर्दै
छिमेकीहरुसित हातेमालो गर्दै
बाँच्नुको अर्थ साटिरहेको छ
समयको मूल्य खोजिरहेको छ ।

२०७२।८।२८

No comments:

Post a Comment