Thursday, December 11, 2014

राम शरण महर्जनका - केही हाइकुहरू

बाँच्ने होडमा                                                                                                                                        
छुटे घरबार नि
खोजी नाताको |१|

टेबुलमाथि
त्यसै कापी कलम
अवाक्क मान्छे |२|

स्वर सुनिन्छ
देखिंदैन आकृति
जाडोमा हुस्सु |३|

विवाहसंगै
विदेशिएको मन
मधुर स्वप्न |४|

सम्झें आफन्त
खोलें अनलाइन
कस्तो रोमाञ्च |५|

उमेर खा'को
बचपन नगा'को
बत्ती के भा'को |६|

माकुरे जालो
नेपालीको दैनिकी
बत्तिको सूची |७|

वर्षाको पानी
मानिसको जंगल
भुमि मै सुक्यो |८|

चाह बत्तिको
मृत्यु पलपलको
रुन्चे हिमाल |९|

गफ चुटाई
मेघावाटे योजना
भोका हाकिम |१०|

वत्ति नि गयो
सुक्यो, घांटी प्यासले
ट्यांकर हाँस्यो |११|

गरिवी दूरी
बोल्छ, उज्यालो बत्ति
समभावमा|१२|

हवाई दृश्य
अँध्यारो राजधानी
दैव जानून |१३|

भत्ता उज्यालो
झुपडी अँध्यारोमा
मुसाको दौड |१४|

पिच्च अक्षर
बोल्छ चर्पीको भित्ता
बुध्दिको दशा |१५|

घरबार यो
परदेशी जीवन
महाभारत |१६|

विदेश मोह
तिरस्कार नाताको
गोहीको आँशु |१७|

खेल हो युध्द
समुन्द्र मन्थन त्यो
सभ्यताभित्र |१८|

स्वैच्छिक मत
जनताको फैसला
पार्टी जीवन |१९|

चुनावी खेल
अप्रत्याशित चित्र
जय जनता |२०|

जित्नेको हार
हार्नेको उपहार
कुँदेको मन |२१|

मनको लड्डु
खहरेको प्रवाह
चुँडेको चंगा |२२|

कर्मको फल
जनताको आशिष
बाँच्ने आधार |२३|

आफू भे ठीक
अरू सबै बेठीक
विनास काल |२४|

चुनावी खेल
वैचारिक आधार
विवेकी मत |२५|

चुनावी खेल
एक परियोजना
जनता भुट्ने |२६|

मतगणना
वैचारिक लडाईं
पार्टीको साख |२७
|
दरिद्र मन
संपन्नताको अहम्
आँखाको धुलो |२८|

मौकापरस्त
स्वभाव जीवनको
छैन अछुत |२९|

समय बोल्छ
आयो  परिवर्तन
चमेरो उड्छ |३०|

मनको पिडा
विश्वास अविश्वास
समय चक्र |३१|

युगीन पिडा
चित्तामाथिको घर
छाडा मानिस |३२|

रक्त साइनो
महाभारत ग्रन्थ
सभ्यता कुञ्ज |३३|

इन्द्रधनुष
सांगीतिक आकाश
प्यारो जीवन |३४|

समय सीमा
समस्याको निकास
दैवको लेखा |३५|

No comments:

Post a Comment