Wednesday, December 10, 2014

आजको जीवन
...................

समस्या पैदा गरे छ
साहस छ
सिर्जना छ
आवाजमा |
साधारण जिउने छन्
भयग्रस्त
पतझर
बिना लक्ष्य |
जीवन बुझ्नेहरू छन्
उंचाई छ
सफल छ
जहाँ पनि |१|

बादलले ढाकेको छ
चंचल छ
जिज्ञासा छ
मन भरि |
अप्ठेरोमा रमाउने
सर्जक छ
प्रफुल्ल छ
सधैं सबै |
घाममा खुलेको छ
जवानी छ
सपना छ
यात्रा गर्न |२|

बर्तमान अन्यौल छ
संघर्ष छ
समर्पण
जीवनको |
घडीको घन्टी बज्दछ
संवेग छ
सचेत छ
रंग भर्न |
उज्ज्वल क्षितिज हेर
मुस्कान छ
आत्मियता
स्वजनको |३|

नारामा सिमित पार्टी
झ्याउ सरि
काडा सरि
देश चुस्ने |
निर्वाचनको बगर
नारा फुक्ने
जन झुक्ने
नेता, दशैँ !
कुमालेको घट्ट बन्छ
उही  झाक्री
उही बोक्सी
छैन आशा |४|

राम शरण महर्जन
किर्तिपुर,काठमाडौँ

No comments:

Post a Comment