Thursday, December 18, 2014

नेपाली सेदोका संग्रह

        -राम शरण महर्जन
     किर्तिपुर, काठमाडौँ

हिउँदे वर्षा
बादलभित्र सूर्य
सिरेटोको प्रवाह
कामेको जीउ
एकसरो कपडा
न्यानो हुने चाहना ||

मलिन सूर्य
खुल्ला छतको मान्छे
संघर्षका ती क्षण
जिउँदा लक्ष्य
हँसिलो जिन्दगानी
समताको संबन्ध ||


ठेक्कामा काम
छरितो कमसल
मोटाए ठेकेदार
पिरैमा डुबे
कस्तो सोचें कस्तो भो
बगे पैसाको खोलै ||

भोटको मूल्य
संसदमा जुहारी
कुर्सीकै मोलतोल
धोति बनाए
जनताको सपना
सधैं सधैं अधुरो ||

वाचा-वन्धन
प्रेममा विश्वासिलो
जीवन नि हैन क्यै
सदा निभाउँ
तोड्नु यो काम ठुलो

नेता,व्यापारीहरूको||

२०७१/०९/०४ 

No comments:

Post a Comment