Wednesday, March 25, 2015
साइनो
*****
दुई दिनको जिन्दगी
होइन रहेछ आफ्नो मात्र
सुखमा मात्र आफ्नोपन
दु:खमा त कोहि न कोहि
भन्छन नाता ठुलो रगतको
धोखा मिल्छ जहाँ आफन्तको
हर श्वासमा हर पाइलामा
फैलिन्छ दुर्गन्ध रगतकै
कुरा गरे नाक कटिने
सहेर बसे निस्सासिने
कुराको चोट मुढाको चोट
छुटिन्न रहेछ आफन्तको
जब सोचिन्छ भलो मात्र आफ्नो
ठुलै रहेछ मनको कुरो
आफ्नो पराई छुट्ट्याउने
रगतैले आफ्नो हुँदो रैन्छ
विचारैले बन्दो रैछ सबै आफ्नो
भन्नु मात्र रैछ विचारै पनि
शान्ति खोज्दा अशान्ति मिल्ने
नाता संबन्ध सब भुलाइदिने
राम्रो सोचे राम्रै मिल्ने
नराम्रो सोचे नराम्रै देखिने
जीवनको रीत रैछ यहि नै
घाम जून रहे सम्म
हासी खुशी बाँच्नु पर्ने इ
२०७१/१२/११
Monday, March 2, 2015
आफ्नाहरू छुट्टिगो
**************
कसरी बिर्सूं म याद आउछ त्यसै त्यसै
कसरी भुलूं म सताउछौ त्यसै त्यसै |
सोचेकै थिइन् मैले धोका दिन्छौ भन्ने
पिडा दिई रमाउने चिन्नै सकिन मैले |
मीठो बोलि जीवन लुट्ने भेद जानिन
नाता तोड्दै जाल हान्ने बगरे चिनिन |
दुई दिनको जिन्दगी यो दौडधुपमै बितिगो
साँचो-झुठ्ठो केलाउदैमा आफ्नाहरू छुट्टिगो |
२०७१/११/१८
Wednesday, February 25, 2015
चल्दै गर्छ जित-हार
चल्दै गर्छ जित-हार
****************
जीवन जिउने होडमा
लागें बचाउनतिर
फूलबारी हो फुलून
आदर्श हुनु राम्रो
शाश्वत सत्य
संघर्षमा जितेर बाँच्नु
हार्नेले बाँचेर देखाउनु
चल्दै गर्छ जित-हार
सुखमा दुख खोज्नु
बन्छ घत-प्रतिघात
शत्रुको त बन्छ रे धर्म
थप्दै अरु समस्याहरू
जिउनुको मज्जा लिनु
समताको कुरा नि कुरै हो
हातका औलाहरू हेर्नू रे
बाँच्न चाहनेहरूले
चिन्नु पर्छ आफूलाई
बुझ्नु पर्छ अरूलाई
बन्छ नत्र अभिशाप
जीवन तिम्रो,हाम्रो,सबको |
Tuesday, February 10, 2015
राम शरण महर्जनका केही-हाइकुहरू -२
जीवन-मृत्यु
बर्डफ्लू नियंत्रण
स्तव्ध छ गाउँ |५२ |
भित्ते आवाज
मेटिन्छ, लेखिन्छ यो
छेपारे रंग |५३|
महिला पीड़ा
तीजको रमाइलो
हाम्रो संस्कृति |५४|
रातो कपड़ा
चेली रम्छ तीजमा
दर खाएर |५५|
तीजको दर
गीत-संगीत मेला
मुक्त उड़ान |५६|
वेदना गाथा
हरितालिका तीज
माइती प्यारो |५७|
चाह मोतीको
डुबुल्की समुन्द्रमा
हेला पानीको |५८|
पावन दशै
संबंध नयाँपन
हर्षित मन |५९|
कासको फूल
ऋषि पंचमी पर्व
निर्मल मन |६०|
चुनावी दौड़
अनिश्चित गंतब्य
देव भरोसा |६१|
हिड़ेको बाटो
नखुलेको मौनता
नवीन आँखा |६२|
चुनावी पर्व
मतको अपमान
बल्झीने घाउ |६३|
बन्द अवज्ञा
मानव अधिकार
द्वन्द चुनौती |६४|
बन्द आह्वान
शान्तिको रौद्र रूप
असह्य पीड़ा |६५|
आम हडताल
जिउनुको प्रताड़ना
हाम्रो नियति |६६|
नि:शर्त-शर्त
नेपाली राजनीति
हरियो वन |६७|
सपना बेच्छ
चुनावी अभियान
नाफा भोटमा |६८|
अशान्त मन
शान्तिको मन्त्र जप
बन्दको त्रास |६९|
नाङ्गो नौटंकी
आत्म तृप्तिको रूप
बन्धक मान्छे |७०|
पक्ष-विपक्ष
शक्तिको तराजुमा
रक्तको प्यास |७१|
झण्डाको रयाली
वैचारिक उडान
शान्तिको खोज |७२|
चित्त दुखाई
अर्काको नि संम्मान
ऐनामा हेर्दा |७४|
घोषणा-पत्र
दन्त्य कथाको सार
नमीठो पाठ |७५|
स्वप्नको सूर्य
कठयांग्रिएको जाडो
श्रामको ताप |७६|
हिमाली हावा
पतझर मौसम
जीवन यात्रा |७७|
कुहिरोभित्र
उज्यालो दिन्छ सूर्य
चम्किलो मुख |७८|
दिन ढल्किए
निद्रा छैन कोठामै
आ-आफ्नै यात्रा |७९|
कर्मको फल
जनताको आशीष
बाँच्ने आधार |८०|
चुनावी खेल
एक परियोजना
जनता भुट्ने |८१|
फोनको घण्टी
युद्ध शान्ति भंगको
दोधारे मन |८२|
२०७१/१०/२७
जीवन-मृत्यु
बर्डफ्लू नियंत्रण
स्तव्ध छ गाउँ |५२ |
भित्ते आवाज
मेटिन्छ, लेखिन्छ यो
छेपारे रंग |५३|
महिला पीड़ा
तीजको रमाइलो
हाम्रो संस्कृति |५४|
रातो कपड़ा
चेली रम्छ तीजमा
दर खाएर |५५|
तीजको दर
गीत-संगीत मेला
मुक्त उड़ान |५६|
वेदना गाथा
हरितालिका तीज
माइती प्यारो |५७|
चाह मोतीको
डुबुल्की समुन्द्रमा
हेला पानीको |५८|
पावन दशै
संबंध नयाँपन
हर्षित मन |५९|
कासको फूल
ऋषि पंचमी पर्व
निर्मल मन |६०|
चुनावी दौड़
अनिश्चित गंतब्य
देव भरोसा |६१|
हिड़ेको बाटो
नखुलेको मौनता
नवीन आँखा |६२|
चुनावी पर्व
मतको अपमान
बल्झीने घाउ |६३|
बन्द अवज्ञा
मानव अधिकार
द्वन्द चुनौती |६४|
बन्द आह्वान
शान्तिको रौद्र रूप
असह्य पीड़ा |६५|
आम हडताल
जिउनुको प्रताड़ना
हाम्रो नियति |६६|
नि:शर्त-शर्त
नेपाली राजनीति
हरियो वन |६७|
सपना बेच्छ
चुनावी अभियान
नाफा भोटमा |६८|
अशान्त मन
शान्तिको मन्त्र जप
बन्दको त्रास |६९|
नाङ्गो नौटंकी
आत्म तृप्तिको रूप
बन्धक मान्छे |७०|
पक्ष-विपक्ष
शक्तिको तराजुमा
रक्तको प्यास |७१|
झण्डाको रयाली
वैचारिक उडान
शान्तिको खोज |७२|
चित्त दुखाई
अर्काको नि संम्मान
ऐनामा हेर्दा |७४|
घोषणा-पत्र
दन्त्य कथाको सार
नमीठो पाठ |७५|
स्वप्नको सूर्य
कठयांग्रिएको जाडो
श्रामको ताप |७६|
हिमाली हावा
पतझर मौसम
जीवन यात्रा |७७|
कुहिरोभित्र
उज्यालो दिन्छ सूर्य
चम्किलो मुख |७८|
दिन ढल्किए
निद्रा छैन कोठामै
आ-आफ्नै यात्रा |७९|
कर्मको फल
जनताको आशीष
बाँच्ने आधार |८०|
चुनावी खेल
एक परियोजना
जनता भुट्ने |८१|
फोनको घण्टी
युद्ध शान्ति भंगको
दोधारे मन |८२|
२०७१/१०/२७
Saturday, February 7, 2015
Friday, January 23, 2015
देशले नेपाली सपूत खोज्दैछन
.......*************...............
नेपाली बाँदरहरू
पश्चिमी हावामा रमाउने
दक्षिणी हावामा रमाउने
मनसुनी हावामा बहुलाउने
जनतामा उपद्रो मच्चाउने
अनिकालमा जन्मिएका
'माक:फुई' देखाउन पालिएका
जीवनका यी गलगाँडहरू
नेपाली बाँदरहरू
देश रत्छ्न छिया-छिया पार्छन
जनता जप्छन ल्यापा दिन्छन
वाचा गर्छन मुटुमा झीर रोप्छन
जीवन हर्छ्न शहिदको अपमान गर्छन
काटो खान जन्म्या यी बाँदरहरू
सात पुस्ता पिर्छन
बिचरा औठे छाप बाँदरहरू
पालो पर्खिंदै आतिएका छन
बुढा बाँदरहरू पालो मिच्दै मार्दैछन
जनता नियति भोग्दैछन
देशले नेपाली सपूत खोज्दैछन |
***राम शरण महर्जन
२०७१/१०/९
.......*************...............
नेपाली बाँदरहरू
पश्चिमी हावामा रमाउने
दक्षिणी हावामा रमाउने
मनसुनी हावामा बहुलाउने
जनतामा उपद्रो मच्चाउने
अनिकालमा जन्मिएका
'माक:फुई' देखाउन पालिएका
जीवनका यी गलगाँडहरू
नेपाली बाँदरहरू
देश रत्छ्न छिया-छिया पार्छन
जनता जप्छन ल्यापा दिन्छन
वाचा गर्छन मुटुमा झीर रोप्छन
जीवन हर्छ्न शहिदको अपमान गर्छन
काटो खान जन्म्या यी बाँदरहरू
सात पुस्ता पिर्छन
बिचरा औठे छाप बाँदरहरू
पालो पर्खिंदै आतिएका छन
बुढा बाँदरहरू पालो मिच्दै मार्दैछन
जनता नियति भोग्दैछन
देशले नेपाली सपूत खोज्दैछन |
***राम शरण महर्जन
२०७१/१०/९
Wednesday, January 14, 2015
उसैको कुरा
********
शव्द प्रहार
बल्झिरहने घाउ
उसकै याद |१|
बोली वचन
लठ्ठाउने मिठास
उसैको कुरा |२|
पिडाको स्वर
बिर्सुं बिर्सिनसक्ने
उसैको चिनो |३|
आफ्नोपन त
आफ्नो भन्नु मात्रै हो
उसको लागि |४|
हांसखेल त्यो
समयको पीडा यो
हाम्रो मित्रता |५|
अह्मको तक्मा
आज जीवनशैली
नयाँ चिनारी |६|
उसको बाटो
हराउछ आफैमा
सदा झैँ आज |७|
Subscribe to:
Posts (Atom)