Monday, March 2, 2015


आफ्नाहरू छुट्टिगो
**************

कसरी बिर्सूं म  याद आउछ त्यसै त्यसै 
कसरी भुलूं म  सताउछौ त्यसै त्यसै |

सोचेकै थिइन् मैले धोका दिन्छौ भन्ने 
पिडा दिई रमाउने चिन्नै सकिन मैले |

मीठो बोलि जीवन लुट्ने  भेद जानिन 
नाता तोड्दै जाल हान्ने बगरे चिनिन |

दुई दिनको जिन्दगी यो दौडधुपमै बितिगो 
साँचो-झुठ्ठो केलाउदैमा आफ्नाहरू छुट्टिगो |

२०७१/११/१८ 

No comments:

Post a Comment