Friday, January 23, 2015

देशले नेपाली सपूत खोज्दैछन
.......*************...............
नेपाली बाँदरहरू
पश्चिमी हावामा रमाउने
दक्षिणी हावामा रमाउने
मनसुनी हावामा बहुलाउने
जनतामा उपद्रो मच्चाउने
अनिकालमा जन्मिएका
'माक:फुई' देखाउन पालिएका
जीवनका यी गलगाँडहरू
नेपाली बाँदरहरू
देश रत्छ्न छिया-छिया पार्छन
जनता जप्छन ल्यापा दिन्छन
वाचा गर्छन मुटुमा झीर रोप्छन
जीवन हर्छ्न शहिदको अपमान गर्छन
काटो खान जन्म्या यी बाँदरहरू
सात पुस्ता पिर्छन
बिचरा औठे छाप बाँदरहरू
पालो पर्खिंदै आतिएका छन
बुढा बाँदरहरू पालो मिच्दै मार्दैछन
जनता नियति भोग्दैछन
देशले नेपाली सपूत खोज्दैछन |
***राम शरण महर्जन
२०७१/१०/९

No comments:

Post a Comment