Wednesday, February 25, 2015

चल्दै गर्छ जित-हार

चल्दै गर्छ जित-हार
****************

जीवन जिउने होडमा
लागें बचाउनतिर
फूलबारी हो फुलून
आदर्श हुनु राम्रो
शाश्वत सत्य
संघर्षमा जितेर बाँच्नु
हार्नेले बाँचेर देखाउनु
चल्दै गर्छ जित-हार
सुखमा दुख खोज्नु
बन्छ घत-प्रतिघात
शत्रुको त बन्छ रे धर्म
थप्दै अरु समस्याहरू
जिउनुको मज्जा लिनु
समताको कुरा नि कुरै हो
हातका औलाहरू हेर्नू रे
बाँच्न चाहनेहरूले
चिन्नु पर्छ आफूलाई
बुझ्नु पर्छ अरूलाई
बन्छ नत्र अभिशाप

जीवन तिम्रो,हाम्रो,सबको |

Tuesday, February 10, 2015

राम शरण महर्जनका केही-हाइकुहरू -२

जीवन-मृत्यु
बर्डफ्लू नियंत्रण
स्तव्ध छ गाउँ |५२ |

भित्ते आवाज
मेटिन्छ, लेखिन्छ यो
छेपारे रंग |५३|

महिला पीड़ा
तीजको रमाइलो
हाम्रो संस्कृति |५४|

रातो कपड़ा
चेली रम्छ तीजमा
दर खाएर |५५|

तीजको दर
गीत-संगीत मेला
मुक्त उड़ान |५६|

वेदना गाथा
हरितालिका तीज
माइती प्यारो |५७|

चाह मोतीको
डुबुल्की समुन्द्रमा
हेला पानीको |५८|

पावन दशै
संबंध नयाँपन
हर्षित मन |५९|

कासको फूल
ऋषि पंचमी पर्व
निर्मल मन |६०|

चुनावी दौड़
अनिश्चित गंतब्य
देव भरोसा |६१|

हिड़ेको बाटो
नखुलेको मौनता
नवीन आँखा |६२|

चुनावी पर्व
मतको अपमान
बल्झीने घाउ |६३|

बन्द अवज्ञा
मानव अधिकार
द्वन्द चुनौती |६४|

बन्द आह्वान
शान्तिको रौद्र रूप
असह्य पीड़ा |६५|

आम हडताल
जिउनुको प्रताड़ना
हाम्रो नियति |६६|

नि:शर्त-शर्त
नेपाली राजनीति
हरियो वन |६७|

सपना बेच्छ
चुनावी अभियान
नाफा भोटमा |६८|

अशान्त मन
शान्तिको मन्त्र जप
बन्दको त्रास |६९|

नाङ्गो नौटंकी
आत्म तृप्तिको रूप
बन्धक मान्छे |७०|

पक्ष-विपक्ष
शक्तिको तराजुमा
रक्तको प्यास |७१|

झण्डाको रयाली
वैचारिक उडान
शान्तिको खोज |७२|

चित्त दुखाई
अर्काको नि संम्मान
ऐनामा हेर्दा |७४|

घोषणा-पत्र
दन्त्य कथाको सार
नमीठो पाठ |७५|

स्वप्नको सूर्य
कठयांग्रिएको जाडो
श्रामको ताप |७६|

हिमाली हावा
पतझर मौसम
जीवन यात्रा |७७|

कुहिरोभित्र
उज्यालो दिन्छ सूर्य
चम्किलो मुख |७८|

दिन ढल्किए
निद्रा छैन कोठामै
आ-आफ्नै यात्रा |७९|

कर्मको फल
जनताको आशीष
बाँच्ने आधार |८०|

चुनावी खेल
एक परियोजना
जनता भुट्ने |८१|

फोनको घण्टी
युद्ध शान्ति भंगको
दोधारे मन |८२|

२०७१/१०/२७

Saturday, February 7, 2015


 आफै बिरानो
***********

के पत्याउने
मोवाइल कानमा
सांचो की झूठ्ठो ? १

दिलमै छुन्ने
मोवाइलको कुरो
समयसँगै |२

नया दुनिया
कुहिरोमा पस्दा
रोमांच यात्रा |३

कुहिरोभित्र
भिन्न उज्यालोपन
फरक सोंच |४

आफै बिरानो
छोपिंदा कुहिरोले
आफ्नै ठाउँमा |५

नयाँ ठाउँमा
कुहिरोको काग झै 
नया चुनौती |६
२०७१/१०/२५

Friday, January 23, 2015

देशले नेपाली सपूत खोज्दैछन
.......*************...............
नेपाली बाँदरहरू
पश्चिमी हावामा रमाउने
दक्षिणी हावामा रमाउने
मनसुनी हावामा बहुलाउने
जनतामा उपद्रो मच्चाउने
अनिकालमा जन्मिएका
'माक:फुई' देखाउन पालिएका
जीवनका यी गलगाँडहरू
नेपाली बाँदरहरू
देश रत्छ्न छिया-छिया पार्छन
जनता जप्छन ल्यापा दिन्छन
वाचा गर्छन मुटुमा झीर रोप्छन
जीवन हर्छ्न शहिदको अपमान गर्छन
काटो खान जन्म्या यी बाँदरहरू
सात पुस्ता पिर्छन
बिचरा औठे छाप बाँदरहरू
पालो पर्खिंदै आतिएका छन
बुढा बाँदरहरू पालो मिच्दै मार्दैछन
जनता नियति भोग्दैछन
देशले नेपाली सपूत खोज्दैछन |
***राम शरण महर्जन
२०७१/१०/९

Wednesday, January 14, 2015


उसैको कुरा
********


शव्द प्रहार
बल्झिरहने घाउ
उसकै याद ||

बोली वचन
लठ्ठाउने मिठास
उसैको कुरा ||

पिडाको स्वर
बिर्सुं बिर्सिनसक्ने
उसैको चिनो ||

आफ्नोपन त
आफ्नो भन्नु मात्रै हो
उसको लागि ||

हांसखेल त्यो
समयको पीडा यो
हाम्रो मित्रता ||

अह्मको तक्मा
आज जीवनशैली
नयाँ चिनारी ||

उसको बाटो
हराउछ आफैमा
सदा झैँ आज  |७|

Friday, January 9, 2015


तिमी मन पर्छ
**********

फूल मन पर्छ
जीवन मन पर्छ
मन पर्छ तिमी पनि
तिमीले नदेखेर के भो र ?
आफ्नै धर्ती आकाश छ
हावाको बहाव रोकिन्न
नदीको प्रवाह थामिन्न
प्रगतिको उज्यालो छर्दै
जीवनको सुवास छर्दै
पवित्र यात्रामा छु म
तिम्रो चिन्तनको आकाशभन्दा माथि-माथि
तिम्रो अह्मको धर्ती नाघेर
सानो मुटुको तिम्रो आँखाले
नदेखेर के भो र ?
त्यसैले त मलाई
सुवासित फूल मन पर्छ
सुन्दर जीवन मन पर्छ
प्रकृति मन पर्छ
तिम्रो जीवन पनि मन पर्छ
किनकी
तिमी नै त हो मेरो प्रेरणा |
२०७१/९/२५

Sunday, December 28, 2014

राम शरण महर्जनका केही-हाइकुहरू 

उर्वर शक्ति
सके दश-पाँचमा
सपना बुन्दै |३६|

सपना बुने
युवा विदेश लागे
उजाड गाउँ |३७|

भूगोल बिर्से
चिनाउँ म कसरी
स्वार्थको भाँडो |३८|

देश विकास
यात्रा भांड भैलोको
अनेक वाद |३९|

बुध्दको शान
आयातित नेताको
कृतिम हाँसो |४०|

हांसी दिने हो
कालो पोतेको मुख
कलाकारिता |४१|

अनौठो चाला
मृत आत्माहरूको
भार भो जुनी |४२|

संविधान त्यो
भूतको खाने बेला
तुह्यो यो आशा |४३|

ढल्किँदो ज्यान
बहुमुखी आयाम
अमूल्य जुनी |४४|

आगो ओकल्छ
आगो बाल्न सक्तैन
नमच्चिने पिङ्ग |४५|

बहस चल्छ
आयोग बन्छ,जान्छ
क्यान्सर रोग |४६|

फोहर थुप्रो
मोहर बन्छ भन्छन
ट्वाँ पर्छ अल्छी |४७|

जमघट छ
विषयवस्तु छैन
टाइम पास |४८|

परिक्षा लिन्छ
जनताको नेताले
जनता जिल्ल |४९|

सपना बाँड्छ
कुरा कुरैको दुख
योजना छैन |५०|

हिँसा अभ्यास
वर्डफ्लुको  प्रकोप
खेलबाड भो |