Friday, January 9, 2015


तिमी मन पर्छ
**********

फूल मन पर्छ
जीवन मन पर्छ
मन पर्छ तिमी पनि
तिमीले नदेखेर के भो र ?
आफ्नै धर्ती आकाश छ
हावाको बहाव रोकिन्न
नदीको प्रवाह थामिन्न
प्रगतिको उज्यालो छर्दै
जीवनको सुवास छर्दै
पवित्र यात्रामा छु म
तिम्रो चिन्तनको आकाशभन्दा माथि-माथि
तिम्रो अह्मको धर्ती नाघेर
सानो मुटुको तिम्रो आँखाले
नदेखेर के भो र ?
त्यसैले त मलाई
सुवासित फूल मन पर्छ
सुन्दर जीवन मन पर्छ
प्रकृति मन पर्छ
तिम्रो जीवन पनि मन पर्छ
किनकी
तिमी नै त हो मेरो प्रेरणा |
२०७१/९/२५

No comments:

Post a Comment