Tuesday, January 2, 2018

जीवनको चमक


लघु कथाः

अस्थिर देशमा फुटपाथे पसल झैं छ सरकार । विकास केहि दर्जन थान नेताहरुको मात्र भएका छन्– मन्त्रि पड्काएर, जनता उल्लु बनाएर । सडक, ढल र विद्युत जन्मजातैका शत्रुता पालेर बँंचिरहेका छन् । विकास बजेट असारे भेलमा बगाएर गाईजात्रा देखाउन पल्केका छन् । जनता पीचमै खोला तर्दछन्, खाल्डाखुल्डीमै ठोकिएर लड्छ्न, नालीमै बगेर मर्दछन् ।

गोहीको आंशु चुहाउंदै एक जना मन्त्रिले हुकुम गर्दछन् –“पन्ध्र दिनमा सबै खाल्डाखुल्डीहरु पुर्नु ।”

गणतन्त्र आएको देशमा कर्मचारीहरु, ठेकेदारहरु गनगन गर्दै मन्त्रिको हुकुम धोती लगाई दिन्छन् । ‘चार दिनका मन्त्रिले भनेर हुन्छ ? काम गर्नका समस्याहरु के छ बुझ्नुसझ्नु छैन् ।’

‘देखाउना खातिर गरेको जस्तो काम गर्दछन् । फेरि उही जुम्से लम्पसार कामधन्दा । फोटो झुण्ड्याउंन मन्त्रिखाका नेताहरुमा टालटुले दिमागको पौरख सिवाय दुरगामी जनमुखी विकासयुक्त दूरदृष्टीको आशा गर्नु पनि बेकारको कुरा नै त हो ।’
मनमा गाठो पारेर जनता अर्को चुनावमा मात्रै उठनु पर्ला भनी मस्त निदाउंछ ।

२०७४।४।१२
राम शरण महर्जन

कीर्तिपुर, काठमाडौं ।

No comments:

Post a Comment