Wednesday, January 24, 2018

प्रथाः एक अपराध



जुग भैंm बित्छ
मासिक चक्र त्यो
एक्लो जीवन
नारीको त्यो सौन्दर्य
छाउगोठमा कैद ।

घाम लागेन
पीडा छाउगोठमा
निर्दयी मान्छे
समाज, परिवार
नारी पिर्ने कुचक्र ।

मनै छ मैलो
तन सफाइ माग्ने
आस्थै छ बाधा
फेरिन्छ समय त
खुल्छ चेत कैले हो ?

त्यो छाउपडी
अछुत त्यो संस्कार
घरै निरीह
नारी हुनुको गर्व
छाउ बार्नु पवित्र ।

यौवनको श्राप
खुलेन छाउगोठ
दूर भो शिक्षा
बोझ भो समाज यो
उठ नारी, अति भो !

छोरी लाश भो !
साथ छुट्दा घरको
कर्म अधर्म
बिर्सिगो बाआमाले
समाज त अन्धो भो !

२०७४।१०।५

No comments:

Post a Comment